फिल्म 'सुश्री सम्पति’ मंसिर २८ मा रिलिज हुने भएको छ । भदौं २२ मा रिलिज गर्ने सोच अनुसार पोस्ट प्रोडक्सनको कामलाई अगाडि बढाइएको भएपनि केही प्राविधिक कारणले गर्दा फिल्मले रिलिज डेटलाई पछि सारेको हो।
केही समय अघिमात्रै ‘हुकुम’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले रिलिज डेट तीन महिना पछि सारेको हो। रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्।
निर्देशक सुव्रत आचार्यले भदौं २२ मै फिल्म रिलिज गर्ने मिति वितरकहरुसँगको सल्लाह अनुसार न तोकेपनि केही प्राविधिक काम पनि पूरा नभएकाले पछि सार्नु परेको बताए। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्।
फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय छ। फिल्ममा नायिका प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन्। अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ।
हेर्नुस् हुकुमकाे पहिलाे गीत: