गायक रुपक डोटलको नयाँ गीत 'फर्की आउँछौं'को भिडियो रिलिज भएको छ। हालै इन्टरनेटमा रिलिज गीतमा अकेला आशुको शब्द-संगीत रहेको छ।
चलचित्रमा व्यस्त नायिका वर्षा सिवाकोटी र मोडल विकाश लामिछानेको अभिनय रहेको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन्। गीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ। सिमित स्वार्थका लागि प्रेममा भएको धोका भिडियोले बोलेको छ।
अनिल के. मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।