छैठौं ‘मिस नेपाल युएसए २०१८’ को उपाधि दिलाशा न्यौपानेले जितेकी छिन्। नेब्रास्का निवासी २४ वर्षीया न्यौपानेले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।
कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्डसमेत हात पारिन्। टेक्सस शहरमा एक भव्य कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा फस्टरनर अफ टेक्ससकी २२ वर्षीया पोसा घर्तीमगर चुँनिदा सेकेण्ड रनर अपको उपाधि कोलोराडोकी २१ वर्षीया कृति ढुंगेलले हात पारिन्। घर्तीमगरले मिस पर्सनालिटी, मिसकल्चर र मिस फ्रेन्डली विधामासमेत अवार्ड जित्न सफल भइन्।
प्रतियाेगितामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन्। सोर्वे फाउण्डेशनको सद्भावना दूतसमेतको अवसर हात पारेकी आयशाले मिस सोशल एक्सिलेन्सको समेत अवार्ड चुमिन्। यस्तै अदीति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृती भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे।
टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले सहकार्य गरेको प्रतियोगितामा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डको समेत सहभागिता रहेको थियो।