दशौं कृति अवार्ड आज हुँदै छ । नेपाल विज्ञापन व्यावसायी संघको आयोजनामा हुन लागेको अवार्डमा २८ वटा बिधा रहेकोमा ३९ वटा एजेन्सीले सहभागिता जनाएका छन् । ३ सय ५३ वटा नोमिनेसन दर्ता भएकोमा १ सय ३४ वटा नोमिनेसन उत्कृष्ट पाँच मा छनौटमा परेका छन् ।
उत्कृष्ट पाँचमा मनोनयनमा परेका एजेन्सीहरुमा अभानि एडभरटाइजिङ–१७, एएनएस क्रिएसन–१२, प्रिज्मा –१३, आउटरिच नेपाल–११, ओएस्टर–९, भिचित्र–९ मेकबेज–८, बिजनेस एडभान्टेजर–७ , कि एडरटाईजिङ–७, एड मिडिया–६, क्रियो कमुनिकेसन–४, लेमन–४, डिजिटल इन–३, एडि रिलिज–२, मार्स र प्रमोटर्स नेपाल–२-२ र मार्स एडभरटाइजिङ, मिटिङ प्वाइन्ट, म्याक्स मिडिया, चन्दा प्रोडक्सन, एसपी, इको, टेक, अक्षय, बेलकम–१-१ बिधामा मनोनयनमा परेका छन् ।
दशौं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस, पावर बाइमा सीजी सिमेन्टस रहेको छ । प्रायोजकहरुमा बैंकिङ्ग पार्टनर, मुक्तिनाथ बिकास बैंक, हस्पिटल पार्टनर नेपाल मेडिसिटी अस्पताल, हस्पिटालिटी पाटनर सोल्टी क्राउन प्लाजा, सफ्टि हाइजिन, यति कार्पेट र नेपाल पर्यटन बोर्ड, रहेका छन् ।
अवार्ड छनोट तथा मूल्यांकनका लागि सूचना, सञ्चार, विज्ञापन र मिडिया मार्केटिङ क्षेत्रका विज्ञ डा. सुधांशु दाहाल, प्राडा भोजराज अर्याल र बबिता बस्नेतसहितको ३ सदस्यीय प्रमुख निर्णायक मण्डल रहेकाे छ ।