भारतका मोडल तथा कलाकार करण बर्माको अभिनय रहेको फिल्म ‘दि कर्मा’ को फस्ट लुकको भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा अभिनेता करण मात्र फिचर्ड छन्। उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर फस्ट लुक तयार पारिएको छ। उनी एङग्री लुक्समा प्रस्तुत छन्।
फिल्म एक्सन प्याक्ड रहेको फस्ट लुक भिडियोले बोल्छ। करण 'मिस्टर इन्डिया २०१७' का विजेता हुन्। जय राज रायले निर्माण गरेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्। मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ।
जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आफैले लेखेका हुन्। निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो। नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ्ग, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ।
फिल्मका गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ। काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश इन्टरटेनमेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिन प्ले र डाइलग सुशील पोखरेलको रहेको छ।
हेर्नुस् ‘दि कर्मा’ को फस्ट लुक: