नायिका सोबिता सिम्खडादवारा लिखित पहिलो साहित्यिक कृति ‘वराङ्गना’ उपन्यासकाे शुक्रबार विमाेचन गरिएकाे छ । काठमाडाेंमा अायाेजित एक समाराेहकाबीच उक्त उपन्यासकाे विमाेचन गरिएकाे हाे ।
पुस्तक विमोचन गर्दै साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पछिल्लो समय साहित्यको क्षेत्रमा कलम चलाउने महिलाको सङ्ख्या वृद्धि भइरहेकाले एक दशकमै राम्रो उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।
यस्तै, साहित्यकार नवराज लम्सालले ‘वराङ्गना’ प्रेम जीवनमा आधारित समसामयिक कृति भएको बताए । ग्रामीण परिवेशमा बोलिने भाषामा लेखिएको पुस्तक सामाजिक यथार्थता चित्रण गर्न सफल रहेको उनको भनाइ थियो ।
अधिकांश लेखक अरूको विचारको भरिया हुने गरेकामा सिम्खडाले स्वतःस्फूर्त रुपमा बोलीचालीमा प्रयोग हुने शब्दको उपयोग उपन्यासमा गरेकाे लम्सालले सुनाए ।
कार्यक्रममा पत्रकार बबिता बस्नेत, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी, राष्ट्रिय दलित आयोगका पूर्वसदस्य सचिव सीताराम घले परियार, लेखिका सिम्खडा लगायतले वर्तमान प्रेम जीवनलाई उपन्यासमा उतारिएको चर्चा गरे ।
दुई दर्जन भन्दा बढी नेपाली चलचित्रमा नायिकाको भूमिका निर्वाह गरि सकेकी सिम्खडाकाे याे पहिलाे उपन्यास हाे। विभिन्न कथा वस्तुकाे पात्र बनेर चलचित्र पर्दामा भूमिका निर्वाह गर्दै अाएकी सिम्खडाले उपन्यासमा पनि त्यसै गरि डुवेर लेखेकी छिन् ।