बलिउड अभिनेत्री लिजा रे ४६ वर्षको उमेरमा आमा बनेकी छन् । उनी भाडाको कोख (सरोगेसी) मार्फत् आमा बनेकी हुन् । आमा बनेको तीन महिनापछि उनले इन्स्टाग्राममार्फत् तस्बिर सार्वजनिक गरेकी हुन् । सरोगेसीको सहारा लिनेमा बलिउडमा लिजा रेमात्र नभई थुप्रै हस्तीहरु छन् ।
लिजा रेलाई सन् २००९ मा ब्लड क्यान्सर भएको थियो । तर उनले सन् २०१० मा क्यान्सरमुक्त भएको घोषणा गरेकी थिइन् । यद्यपि उनी पूर्ण रुपमा निको भने भएकी छैनन् ।
बलिउडमा सरोगेसीको सहारा लिने क्रम सबैभन्दा पहिले शाहरुख खान र गौरी खानले सुरु गरेका थिए । यो दम्पत्तीको तेस्रो बच्चा सरोगेसीमार्फत् जन्मिएको थियो । उनीहरुले यो बच्चाको नाम अबराम राखेका छन् ।
यस्तै, आमिर खानले आफ्नी दोस्री पत्नी किरण रावसँग मिलेर सरोगेसी सेलिब्रिटी एजेन्सीमा सम्पर्क गरे र एक छोरा जन्माए । सोहेल खान र सीमा खानले पहिलो बच्चा भएको १० वर्षपछि सरोगेसीमार्फत् बच्चा जन्माए ।
अभिनेता तुषार कपुरले अहिलेसम्म बिहे गरेका छैनन् । तर पनि सरोगेसीमार्फत् छोराको बाबु बनेका छन् । उनी आइभीएफ विधि प्रयोग गरेर बाबु बनेका हुन् ।
निर्देशक करण जौहर पनि अविवाहित हुन् । उनले गत वर्ष ट्वीटरमार्फत् आफू बच्चाको बाबु बनेको सार्वजनिक गरेका थिए । कमेडियन कृष्णा र कश्मीरा शाहले पनि सरोगेसीमार्फत् जुम्ल्याहा बच्चालाई जन्म दिएका छन्