बलिउड फिल्म निर्देशक कल्पना लाजमीको निधन भएको छ।
उनको आज विहान मुम्बइको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। लामो समयदेखि क्यान्सर रोगबाट पीडित लाजमी बलिउडका रुदाली, दमन तथा दरमियान जस्ता चर्चिच फिल्म बनाएकी थिइन्।
किड्नीको क्यान्सर भएकि उनलाई हप्तामा चार दिन डायलासिस गरिदैं आइएको थियो। सन् २००१ मा फिल्म दमनबाटै अभिनेत्री रवीना टण्डनले वेस्ट एक्ट्रेशकाे राष्ट्रिय सम्मान प्राप्त गरेकी थिइन्।
त्यतिबेला रुदालीबाट लाजमीलाई राष्ट्रिय सम्मान गरिएको थियो। २००६मा उनले चिंगारी फिल्मको निर्देशन गरेकी थिइन्।