सन् १९६४ मा भारतमा एउटा रिलिज भयो, जसमा कलाकार एकजनामात्र थिए । त्यो फिल्मले गिनिज बुकमा पनि रेकर्ड कायम गर्यो । फिल्म थियो, ‘यादें’ । ब्ल्याक एण्ड ह्वाइट उक्त फिल्ममा कलाकार थिए सुनील दत्त । उनी फिल्मका निर्माता, निर्देशक पनि थिए । यो विश्वकै पहिलो एक कलाकार भएको फिल्म मानिएको छ ।
यो फिल्ममा सुनील दत्त घर आउछन् । पत्नी र बालबच्चा कसैलाई पनि देख्दैनन् । उनलाई लाग्छ, उनीहरुले छाडेर गए । घरमा उनी नितान्त एक्ला हुन्छन् । एक्लै कुरा गर्छन् । आसपासका चिजसँग वार्ता गर्छन् । यसरी फिल्मको कथा अगाडि बढ्छ । फिल्ममा सुनीलदत्त पत्नी नरगिसको आवाज पनि सुनिन्छ ।
फिल्म इतिहासकार तथा लेखक अमृत गंगर भन्छन्, ‘यो फिल्ममा एकाकीपना देखाउने कोशिश गरिएको छ, घर आउँदा पत्नी र छोराछोरी नभएको अवस्थामा उसले कस्तो अनुुभूति गर्छ भन्ने यसमा देखाइएको छ । यसका पात्र सुुनील दत्त आसपासका निर्जीव चिजसँग यसरी कुरा गर्छन् कि, मानौं तिनीहरु जीवित छन् ।
लेखक गंगरका अनुसार प्रविधिका हिसाबले यो नाटक र रंगमन्चजस्तै हो । फरक यति हो, थियटरमा अगाडि दर्शक हुन्छ, कलाकारले आफैं सबै सम्हाल्नुपर्छ र कुनै रिटेक हुँदैन । यसमा आवाज र संवादद्वारा पति–पत्निबीच बहस हुन्छ । एक अर्काको चरित्रमा आरोप लगाइन्छ र पुरुषपात्र आफ्नो रवाफ देखाउछ । फिल्मको शुुरुवातमै लेखिएको छ, जुन घरमा नारीको सम्मान हुन्छ, त्यो घरमा देवता निवास गर्छन् ।
फिल्ममा पति–पत्नीबीचको विवाद देखाइएका बेला पत्नी दृश्यमा देखिदैनन् । आवाज मात्र सुनिन्छ । त्यो आवाज नरगिसको हुन्छ ।फिल्मको अन्त्यमा नरगिस छायाँका रुपमा देखिन्छिन् । नरगिस घर आउछिन् । देख्छिन्, पति आत्महत्या गर्न झुण्डिइरहेका छन् । चिच्याउँदैं आएर उनले बचाउछिन् । बच्चाहरु पनि आउछन् । यसरी फिल्म सुखद रुपमा टुंगिन्छ । बीबीसीबाट