‘असैह्य पीडाका कारण अचानक मेरो निद्रा खुल्यो । यस्तो लागिरहेको थियो कि मेरो पैतालामा कसैले चक्कु रोपिदियो । उ ममाथि थियो । मैले सोधें–के गरिरहेको ? उले भन्यो–यो सामान्य पीडा हो ।’ म ‘प्लीज छाडिदेऊ’ भन्दै रुन लागें । उसले भन्यो– अब सुत्यौ भने पीडा कम हुन्छ ।’ पछि उसले मलाई घरसम्म छाड्यो ।’
टेलिभिजनकी चर्चित अनुहार एवं चर्चित लेखक सलमान रुश्दीकी पूर्व पत्नी पद्मलक्ष्मीले हालै न्यूयोर्क टाइम्समा लेख लेखेर आफू १६ वर्षकै उमेरमै २३ वर्षीय ब्वाईफ्राइन्डद्वारा बलात्कृत भएको उल्लेख गर्दै यस्तो अनुभूति उल्लेख गरेकी हुन् ।
उनले अगाडि लेखेकी छन् – म केही महिनादेखि २३ वर्षको युवकसँग डेटमा थिएँ । उसलाई थाहा थियो म कुमारी हुँ । ३१ डिसेम्बरको साँझ हामी नयाँ वर्षको पार्टीमा गएका थियौं । म थकित थिएँ र उसैको अपार्टमेन्टमा सुतें । सायद तपाईंहरु प्रश्न गर्नुहुन्छ होला, त्यो रात मैले रक्सी पिएकी थिएँ । बलात्कृत भइसकेपछि यसको कुनै मतलब रहेन । यद्यपि मैले त्यस रात रक्सी पिएकी थिइन ।
आफ्नो जमानामा उत्कृष्ट मोडलको सूचीमा शीर्ष स्थानमा रहेकी पद्मलक्ष्मीले आफू बलात्कृत भएको कुरा कसैलाई बताइनन् । किनकि सन् १९८० को त्यो जमानामा डेट रेप (चिनजानका व्यक्तिबाट हुने बलात्कार) कतै सुनिदैनथ्यो । उनले यसकारण पनि आफू बलात्कृत भएको कुरा बताइन् । किनकि मानिसहरु उल्टै प्रश्न गर्थे–त्यो रात के गर्न अपार्टमेन्टमा गएकी थिइस् र ?
पद्मलक्ष्मीले आफू ७ वर्षको हुँदा यौन दुव्र्यहारमा पनि परेको बताइन् ।
उनले लेखमा अगाडि लेखेकी छिन् – म सधैं सोच्थें कि कुमारीत्व गुमाउनु मेरा लागि ठूलो कुरा हुनेछ या जानेरै लिएको निर्णय हुनेछ । मेरो दिमागका के थियो भने जुन म सेक्स गर्नेछु, त्यो मायाप्रेमको अभिव्यक्ति हुनेछ, साझा आनन्दको अनुभूति हुनेछ या बच्चाका लागि सेक्स गर्नेछु । तर त्यतिबेला यी कुनै पनि अनुभूति भएनन् । मलाई त्यो बलात्कारका बारेमा आफ्ना पति र थेरापिष्टसँग कुरा गर्न दशकौं लाग्यो ।
उनले भनेकी छन्, ‘एक आमाको रुपमा म छोरीलाई सधैं भन्ने गर्छु । कसैले गलत तरिकाले छुने कोशिश गर्छ भने चुप नबस । मलाई आशा छ, छोरीहरुले यो डर र लाजको सामना गर्नुपर्नेछैन । छोराहरु पनि बुझ्दैछन्, केटीहरुको शरीर उनीहरुको आनन्दका लागि होइन ।’
पद्मलक्ष्मीको जन्म १९७० मा भारतको चेन्नईमा भएको थियो । २ वर्षको हुँदा उनका बाबुआमाको सम्बन्धविच्छेद भएको थियो । उनी अमेरिकामा आमासँगै हुर्किन् । बीबीसीबाट