नेपालीहरुको महान चाड दशैं तिहार नजिकिँदै गर्दा दशैंको झल्को दिँदै मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ। 'कति म सम्झु' बोलको वियोगान्त गीतलाई रामचन्द्र ढकालले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत दिएका हुन्।
लामो समयसम्म एकैसाथ श्रीमान श्रीमतीले दशैं मनाउन नपाउँदाको पीडा समावेश गरिएको उक्त गीतमा कृष्ण महर्जनको संगीत संयोजन रहेको छ। सार्वजनिक गीतलाई उत्सव दाहालले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।
बी–स्टार फिल्मको ब्यानरमा निर्माण गरिएको भिडियोमा मरिष्का पोखरेल र रामकृष्ण वाईवाको अभिनय रहेको छ। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।
भिडियाे हेर्नुस्: