नेपाली कथानक चलचित्र ‘अनुराग’ भोलि असोज १२ गते शुक्रबारदेखि देशैभर प्रदर्शनमा आउँदैछ । करिब २ करोड रुपियाँको लागतमा निर्माण गरिएको उक्त चलचित्र काठमाडौंबाहिर ६० वटा र उपत्याकाभित्रका सबै हलमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
चलचित्रको शीर्ष भूमिकामा एलिजा गौतम, समुन्द्र पण्डित, थिलेन लामा, सरोज खनाल, राजाराम पौडेल, रुपा राणा, मोहन निरौलालगायत छन् । एरिका फिल्मस् प्रालिको ब्यानरमा निर्मित उक्त चलचित्रका निर्माता भरत गौतम र गीता गौतम भेटुवाल हुन् । फिल्मलाई सत्यराज चौलागाँईले निर्देशन गरेका छन् भने रामकुमार केसीको छायांकन रहेको छ । म्युजिकल लभस्टोरीको थिममा बनेको अनुराग नेपाली दर्शकहरुको लागि नयाँ स्वाद हुने प्रस्तुतकर्ता पत्रकार ऋषि धमलाको दाबी छ ।
चलचित्रको सफलताका लागि प्रधानमन्त्री केपी ओलीदेखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, झलनाथ खनाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईसहित चर्चित कलाकारहरुले शुभेच्छा प्रदान गरेको धमलाले बताए ।