शैफ अली खान र करिना कपुरका छोरा तैमुरको हेरविचार गर्न एक ‘नानी’ नियुक्त भएकी छन् । साबित्री नामकी ती नानी तैमुर जहाँ जान्छन्, सधै सँगै हुन्छिन् । उनले कति तलब लिन्छिन् अनुमान गर्न सक्नुहुन्छ ? भारतीय सन्चारमाध्यमका अनुसार उनले न्युनतम तलब १ लाख ५० हजार छ । उनले बढी काम गरेवापत् थप रकम लिन्छिन्, जुन प्रतिघण्टाका दरले दिइन्छ । यसअनुसार उनको तलब १ लाख ७५ हजारसम्म पुग्छ ।
उनी सैफको निवास बान्द्राबाट तैमुरलाई कतै लिएर जानुप¥यो भने कार प्रयोग गर्छिन् ।
नानीलाई करिनाले हाइ प्रोफाइल एजेन्सीमार्फत् नियुक्त गरेकी हुन् । जसले सेलिब्रिटीसँग काम गर्छ । उक्त एजेन्सीले तुषार कपुर र सोहा अलि खानलाई पनि नानी उपलब्ध गराएको थियो । नानी नियुक्तगर्नुअघि उक्त एजेन्सीले ती महिलाको मेडिकल र आर्थिक पृष्टभूमिको पनि परीक्षण गर्छ ।