बलिउड सुपरस्टार अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ को टिजर रिलिज भइसकेको छ। टिजर भिडियोलाई मिलेको सानदार रेस्पोन्सपछि अब केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण समूह लागेको हो।
यो फिल्म २९ नोभेम्बरमा फिल्म रिलिज हुँदैछ। करीब ५ सय करोडको बजेटमा निर्माण भएको फिल्मको मार्केटिङ र प्रमोशनमा मात्र डेढ सय करोड खर्च गरिँदैछ । यो भारतको अहिलेसम्मकै सबैभन्दा महँगो र एडभान्स फिल्म हुनेछ। यो फिल्ममा अक्षय भिलेनको भूमिकामा छन्।
यस्तै, रजनीकान्त एकपटक फेरि रोबोट चिट्टी र साइन्टिस्ट वसीकरणको रुपमा फर्किएका छन्। एस.शंकरको निर्देशनमा बनेको फिल्म ‘२.०’ मा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ।
कसरी बन्यो फिल्म भिडियो हेर्नुस्: