रियालिटी शो नेपाल आइडलको टप टेनबाटै बाहिरिएकी गायिका मेनुका पौडेल भारतीय रियालिटी शो ‘सारेगामापा’ को अडिसन राउन्डमा छनौट भएकी छन् । उनले अडिसनका लागि लता मंगेश्करको ‘जाने क्या बात है’ गीत गाएर निर्णायकलाई समेत स्तब्ध पारिन् । निर्णायक शेखर रजबानीले त ‘तिम्रो गायनलाई जज गर्ने मेरो कुनै औकात छैन’ सम्म भनेका थिए ।
उनको सुमधुर गीत सुनेर निर्णायकहरु शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले आँशु झार्दै प्रशंसा गरेका थिए ।
नेपालमा पहिलो पटक भएको सारेगामापाको अडिसनबाट मेनुका चुनिएकी हुन् । उक्त कार्यक्रम शनिबार राति जी टिभीबाट प्रसारण भएको थियो । उनले गाएको भिडियो यतिखेर सामाजिक सन्जालमा भाइरल नै भएको छ ।