२१ वर्षदेखि सोनी टीभीमा प्रसारण हुँदैं आएको धारावाहिक क्राइम शो ‘सीआइडी’ बन्द भएको छ । बीपी सिंह निर्देशित सीआइडी सन् १९९७ देखि प्रसारणमा आएको थियो । सोनी च्यानलले टीआरपी नभएको कारण देखाउँदैं धारावाहिक बन्द गराएको हो ।
सीआइडी बन्द गर्ने तयारी २वर्षदेखि नै सुरु भएको थियो । सुरुमा शुक्रबार, शनिबार र आइतबार प्रसारण गरिएकोमा पछि यसलाई दुई दिनमा सीमित गरिएको थियो ।
सोनी टीभीले टीआरपीलाई कारण देखाएपनि सीआइडीमा इन्स्पेक्टर दयाको भूमिका निभाउदैं आएका दयानन्द शेट्टीले अन्य कार्यक्रमको तुलनाा सीआइडीकै टीआरपी बढी रहेको बताएका छन् । उनका अनुसार च्यानलले दुई वर्षअघि देखि नै कार्यक्रम बन्द गर्ने तयारी गरेपनि बन्द हुनुमा आफूजिम्मेवार नहोस् भन्ने चाहेको थियो । यसैले च्यानलले निर्माता ले नै बन्दको घोषणा गरुन् भन्ने चाहेको थियो । त्यसैअनुसार निर्माताले नै शो बन्दको घोषणा गरेका हुन् ।
यद्यपि सामाजिक सन्जालमा दर्शकहरुले सीआइडीको कार्यक्रम बन्द गर्न नहुने भन्दै विरोध गरेका छन् । उनीहरुले ट्वीटरमा ‘सेभ सीआइडी’ अभियान पनि सुरु गरेका छन्।
सीआइडीमा एसीपी प्रधुमनको प्रमुख भुमिकामा शिवाजी सतम, सिनियर इन्सपेक्टर अभिजितको भूमिकामा आदित्य श्रीवास्तव, सिनियर इन्सपेक्टरको भूमिकामा दयानन्द शेट्टी थिए ।