नेपालमा भएको हिन्दू मुस्लिम तनावको विषयमा हलिउडमा बन्न लागेको फिल्मको शुटिङ सकिएको छ।
‘द म्यान फ्रम काठमाण्डू’ को आउँदो महिना रिलिज गर्ने तयारी गरिएको छ। यो फिल्ममा हिन्दू पण्डितको भूमिकामा पाकिस्तानका अभिनेता हमीद शेख र मुसलमानको भूमिकामा वलीउडका अभिनेता गुलशन ग्रोबर देखिएका छन्।
हमीद शेखका अनुसार द म्यान फ्रम काठमाडूको कहानी एक जना मुसलमान केटामा केन्द्रीत रहेको छ।
जो अमेरिकाबाट नेपालमा आएर बुवाको विरासतको खोजिमा हुन्छ। तर त्यतिबेला मुसलमान नेताको सम्पर्कमा आउँछ, जुन भूमिका गुलशनले निर्वाह गरेका छन्।