बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोण बुधबार बिवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले बुधबार बिहान कोंकणी विधिअनुसार इटलीको कोमो प्रान्तस्थित कोमो तालसँगैको भिल्ला डेल बाल्बियानेलो रिसोर्टमा बिहे गरेका हुन् । ६ वर्ष लामो प्रेमसम्बन्धलाई उनीहरुले बिवाहमा परिणत गरेका हुन् ।
उनीहरुको आज सिन्धी परम्पराअनुसार पनि आज बिहे हुनेछ । त्यसपछि भारत फर्किएर २१ नोभेम्बरमा बंगलोर र २८ नोभेम्बरमा मुम्बईमा पार्टी दिने तय गरिएको छ ।
बुधबारको बिहेमा कडा सुरक्षा व्यवस्था गरिएको थियो । यद्यपि विवाहस्थलका केही तस्बिर र भिडियो भने लिक भएका छन् । इटालियन समयअनुसार बुधबार अपरान्ह १.०५ बजे बिहेसम्पन्न भएपछि रणवीर–दीपिकालाई पति–पत्नी घोषणा गरिएको थियो । बिहेमा बलिउड हस्तीहरु शाहरुख खान, सन्जय लीला भन्साली, फराह खानलगायत सामेल भएका थिए ।