गायिका सोना अमात्यको ‘म त खुल्ला छु’ गीत गत साता रिलिज भएको छ ।
भर्सटायल सोना अमात्यको स्वरमा बजारमा आएको यो म्युजिक भिडियोले मुलत नेपालका समग्र जाति, उमेर, समूह र तहका नारीलार्इ आफ्नो लक्ष्यमा दृढ भएर अगाडी बढ्न उत्प्रेरित गरेको छ ।
आनन्द अधिकारीको शब्द तथा शिखर प्रसाईको संगीत रहेको यस गीतको म्युजिक भिडियो विबेक सिंह ठकुरीले निर्देशन गरेका हुन् । भिडियोमा गायिका सोनाले नै मोडेलिड गरेकी छिन् ।
लामो समयदेखी शास्त्रिय संगीतमा साधानारत अमात्यको यस गीतमा नारीमा भएका बिबिधता र अलौकिक गुणको चर्चा गरिएको छ । साथै यस गीतमा नेपालका बिभिन्न मनोरम स्थलका दृश्य कैद गरिएको छ ।
क्रियटिभ कन्सेप्ट मेकिङ, मोडलिङ, गायन लगायत बिबिध खुबी र क्षमताकी धनी सोनाले हालसम्म दर्जनौं गीतमा स्वर दिइसकेकी छिन् ।
भिडियाे हेर्नुस् :