नेपाली चेली मिना साउद भारतीय टिभी च्यानल कलरको सिरियल तन्त्रमा खेल्दै छिन्।
कैलालीको टिकापुरमा जन्मिएकी मिना झण्डै ६ बर्षदेखि रेडियो पत्रकारितामा आवद्ध थिइन्। हाल मुम्बईमा तन्त्रको सुटिङमा व्यस्त रहेको स्पेसखबरलाई बताइन्। ३ बर्ष अघि आफन्तसँग मुम्बई पुगेकी साउदले सुरुमा अनेत्रै काम गरे पनि अहिले सिरियलमा आएकी हुन्।
नोभेम्बर ३ तारिखबाट प्रशारणमा आएको तन्त्र हरेक सोमबारदेखि शुक्रबार नेपाली समय अनुसार राति पौने ११ बजेदेखि प्रशारण हुँदै आएको छ। मिना तन्त्रको सुधामणीको डुब्लीकेटको रुपमा देखा पर्नेछिन्। अहिले सुटिङ चलिरहेकाले केही दिनमै आफ्नो अभिनय देख्न पाउने पनि बताइन्।