यस वर्षको मिस युनिभर्सको उपाधि फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छिन्। थाइल्याण्डमा भएको प्रतिस्पर्धामा ९३ देशका प्रतिस्पर्धीलाई उछिन्दै २४ वर्षीया ग्रेले मिस युनिभर्सकी उपाधि जितेकी हुन्।
दक्षिण अफ्रिकाकी तामारिन ग्रीन फस्ट रनर अप भएकी छिन् भने भेनेजुयलाकी स्टेफेनी गुटिरेज सेकेण्ड रनर अप भइन्। यसवर्षकी मिस युनिभर्स ग्रेलाई २०१७ की टाइटल बिजेता दक्षिण अफ्रिकाकी डेमी लेघ नेल पिटर्सले क्राउन लगाइदिएकी थिइन् । आयोजक थाइल्याण्डले भने १० औं स्थानमै चित्त बुझाउनुपर्यो ।
यसवर्षको प्रतिस्पर्धामा मिस स्पेन एन्जेला पोन्सले सबैको ध्यान खिचेकी थिइन्। उनी तेस्रो लिंगी हुन्। उनी उत्कृष्ट २० को स्थानसम्म मात्र पुगिन्। नेपालकी मनिता देवकोटा उत्कृष्ट दशभित्र पर्न सफल भएपनि अगाडि बढ्न सकिनन्।
भिडियाे हेर्नुस्: