चर्चित गायिका मेलिना राईको स्वरमा ‘छाडी गयौं’ बोलको आधुनिक गीत बजारमा आएको छ।
गायिका राईलाई बुद्ध राईले स्वरमा साथ दिएका छन्। सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको गीत ओएसआरको युट्युव च्यानलमार्फत बजारमा पठाइएको निर्माण पक्षले जानकारी दिएको छ।
किमसम राईको निर्देशन रहेको छ। उत्सव दाहालले गीतका दृश्यहरु क्यामेरामा कदै गरेका छन् भने भिडियो सम्पादन निशान घिमिरे गरेका छन्। भिडियोमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय देख्न सकिन्छ।
भिडियो हेर्नुस्: