‘यो मान्छेको चोला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। जनता डिजिटलले बजारमा ल्याएको गीतमा सुरेशरमण अधिकारी, हिमाल शर्मा र सीता बरालले स्वर दिएका छन्।
महेश नेपालको शब्द रचनाको गीतमा शर्मिला पुरीको संगीत छ। म्युजिक भिडियोको निर्देशन शर्मिलाले नै गरेकी छन्। म्युजिक भिडियोमा केशव सापकोटा, अनु पराजुली, विजय कुँवर, आरोबी शाही ठकुरी लगायतको अभिनय छ।
मुकेश हुमागाइँको छायांकन रहेको भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन्।
भिडियाे हेर्नुस्: