लक्ष्मी चौधरी युुग्मीद्वारा लिखित उपन्यास 'डुुव्दो घाम'को चर्चा परिचर्चा गरिएको छ । विराटनगरमा आयोजित एक कार्यक्रम उपन्यासको परिचर्चा भएको हो । उपन्यासकार चौधरीले आजको समाजलाई परिवर्तन गर्ने सोच सहित युुवावर्गलाई लक्षित गरेर उपन्यासको कथा सृजना गर्नुु भएको हो ।
सहभागीहरुले सरल भाषामा लेखिएको उपन्यासले पुुर्वको साहित्यक्षेत्रमा नया आयाम थपेको भन्दै उपन्यासको परिचर्चा गर्नुु भएको थियो । समाजमा महिलाहरुका लागी चुुनौती वनेको साहित्य सृजनामा चौधरीको यो प्रयास नेपाली साहित्यकालागी ठुुलो उपलव्धी भएको उनीहरुको भनाई छ।
ममता साहित्य प्रतिष्ठान प्रदेश न १ को आयोजनामा भएको कार्यक्रममा साहित्यकार गंगा सुुवेदी, गायत्री चापागाई, दिनेस श्रेष्ठ, हरि कटेलल, रामवावुु दाहाल, मधुु पोखरेल तथा ममता साहित्य प्रतिष्ठानका अध्यक्ष शिवनारायण सिंहले उपन्यासमाथी चर्चा परिचर्चा गरेका थिए । लेखिका चौधरीले छोटो समयमा पाएको उपन्यासको सफल्ताले आफनो लेखनशैलीमा आफूलाई थप उर्जा पाएको बताइन् ।
सहयात्री दपर्ण नेपालले गत कार्तिक महिनामा उपन्यसाको पहिलो संस्करण बजारमा ल्याएकाे हो । उपन्यासको सम्पादन गोविन्द कडेल 'आशुु'ले गरेका हुन्।