प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ। सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ।
युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन्। आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउने अन्तिम तयारीमा रहेको ‘शरद २’ एल्बममा यस गीत सहित ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिए।
डेढ दशकभन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक समेत छन्।
भिडियो हेर्नुस्: