नेपाली लाेक सांगितिक क्षेत्रमा उल्लेख्य याेगदान गरेका पशुपति शर्मा पछिल्लाे समयमा सामाजिक विसंगतिमाथि गीत बनाउँदै आएका छन्।
उनले समाजमा जनचेतना जगाउने र सुशासन कायम गर्न झकझक्याउने गीतकाे रुपमा शुक्रबार 'लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरु देशमा पाइँदैन नेपालमै हो छुट..' भन्ने बाेलकाे गीत रिलिज गरेका थिए।
शनिबार नै उनकाे गीत यतिधेरै हिट भयाे कि यूट्युव ट्रेन्डिङमा १० औं नम्बरमा आइपुगेकाे थियाे।
तर केही ब्यक्तिले उक्त गीतमा आपत्ती जनाएपछि उनले आफ्नाे आधिकारिक गीत डिलिट गरे पनि अहिले यूट्युबमा अरुले अपलाेड गरेकाे गीत भने भाइरल भएकाे छ।
पशुपति शर्माले सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका हुन्।