बलिउड अभिनेता अक्षयकुमारले जम्मु कश्मीरको पुलवामा आक्रमणमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई ५ करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् । पुलवामा आक्रमणमा सीआरपीएफका ४४ सुरक्षाकर्मी मारिएका थिए ।
अक्षयले ट्वीट गर्दै सहयोगका लागि आव्हान पनि गरेका छन् । उनले भनेका छन्, ‘पुलवामा आक्रमणलाई न हामी बिर्सन सक्छौं, न बिर्सनेछौं । हामी सबै आक्रोशमा छौं, यसका लागि कारवाही हुनुपर्छ, पुलवामाका शहीदहरुलाई सहयोग दिनुपर्छ, उनीहरुलाई सम्मान दिन र सहायता दिन योभन्दा राम्रो तरिका अरु छैन ।’
यसअघि अभिनेता अमिताभ बच्चनले आक्रमणमा मारिएकाहरुका हरेक परिवारलाई ५ लाख रुपियाँ दिने घोषणा गरिसकेका छन् । अर्का अभिनेता सलमान खानले आफ्नो गैरसरकारी संस्था बीइङ ह्युमन फाउन्डेशनले पनि पीडित परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ ।