नेपाली चलचित्र बुलबुलको पोस्टरमा रक्सीको प्रचार गरिएको भन्दै काठमाडौं प्रहरी परिसरले हटाउन निर्देशन दिएको छ।
पोस्टरमा रक्सीको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको हो। शुक्रबारदेखि प्रदर्शनमा आएको उक्त चलचित्रको प्रचारका लागि टाँसिएको पोस्टरमा चलचित्र भन्दा पनि रक्सीलाई बढि हाइलाइट गरेको जस्तो देखिन्थ्यो ।
प्रहरीले चलचित्रका निर्देशक र प्रोड्यूसरलाई बोलाएर पोस्टर हटाउन भनेपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको छ ।मदिराको विज्ञान गर्न नपाइने कानूनी व्यवस्था छ ।