‘नाडा अटो शो’ भदौ अन्तिम साता हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा हुने ‘नाडा अटो शो’ भदौ २६ गतेदेखि ३१ गतेसम्म चल्ने छ।
नाडा मोबाइल्स एसोसिएसन अफ नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘नाडा अटो शो’ आयोजना गर्न लागिएको जानकारी गराएको हो।
सवारी साधन तथा अटो कम्पोनेन्टससम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराएर त्यसका आधुनिक तथा प्राविधिक विषयबारे प्रवर्द्धन गर्न ‘शो’ आयोजना गर्न लागिएको नाडा अटो शोका संयोजक निराकार श्रेष्ठले जानकारी दिए।
६ दिनसम्म चल्ने ‘शो’ मा १९ वटा ब्राण्डका ४ पाङग्रे, २० वटा ब्राण्डका २ पाङग्रे राखिनेछ। त्यसैगरी शोमा ब्राण्डेड सवारी साधनहरुको खरिद बिक्रीका लागि आवश्यक जानकारी लिने व्यवस्था पनि गरिने ‘शो’ का संयोजक श्रेष्ठले बताए।