अजोड इन्स्योरेन्स कम्पनीले औपचारिकरूपमा कारोबार सुरु गरेको छ। सिटिसी मल सुन्धारामा रहेको कर्पोरेट कार्यालयबाट बिहीबारदेखि कारोबार शुभारम्भ गरिएको हो।
१ अर्ब रुपैयाँ चुक्ता पुँजीमध्ये संस्थापकहरुबाट ७० करोड रुपैयाँ लगानी भएको कम्पनीले जनाएकाे छ । कम्पनीले ३० करोड रुपैयाँको साधारण शेयर छिट्टै निष्काशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीको संस्थापक शेयरधनी समूहमा १०४ जना संस्थापक शेयरधनीहरु रहेकाे कम्पनीको सञ्चालक समिति अध्यक्षमा बिनोदप्रसाद बिष्टले जानकारी दिए ।
विष्ट अध्यक्ष रहेकाे सञ्चालक समितिमा मीनबहादुर गुरुङ, आजाद श्रेष्ठ, राजेन्द्रप्रसाद कायस्थ र सागर गुरुङ सञ्चालक सदस्य छन् ।