सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी ‘लक्ष्मी हातमा देव दर्शन शिवम्का साथमा’ नामक नयाँ योजना बजारमा ल्याएको छ ।
शिवमले हरेक वर्ष आफ्ना ग्राहक लक्षित गरि नयाँ योजना बजारमा ल्याउने गरेको छ । सीमित अवधिका लागि नेपालभर लागू गरिएको यस योजनाअन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिन्छ । उक्त कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच गरि २.५ ग्रामदेखि १० ग्राम सुनको सिक्का वा १०० देखि १००० रुपियाँसम्मको नगद जित्न सकिने कम्पनीले जनाएको छ । नगद पुरस्कार तुरन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ भने सुनका लागि ९८०१११४६५८ मा सम्पर्क गरि नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
गोसाईकुण्ड हेलिकप्टर यात्राका लागि कुपनको अर्धकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा लेखि लक्की–ड्र बक्समा हाल्नुपर्नेछ । संकलित कुपनलाई शिवम् सिमेन्टको आधिकारीक फेसबुक पेजबाट प्रत्यक्ष लाइभ गरी लक्की–ड्रबाट विजेता चयन गरिनेछ ।