रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालको दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत ‘लक्की ड्र’ बाट बिजेन्द्र थापालाई दोस्रो महिनाको विजेता घोषणा गरेको छ।
आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रकी आमा चिनुमाया थापालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
२०७५ असोज ७ गतेदेखि शुरु २०७५ मंसीर मसान्तसम्म आइएमइले सो योजना संचालन गरेको थियो।