नेपाल बङ्गलादेश बैक र आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ।
सम्झौतामा बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि बैकका सम्पूर्ण ग्राहकहरुले बैंकका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन्।