आर्इएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्।
इन्स्योरेन्सको कायमुकायम प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको हो। श्रेष्ठ २३ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत रहेका छन्।
कार्यकारी अधिकृतको सपथ लिंदै श्रेष्ठले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाएका छन्।
श्रेष्ठको नेतृत्वमा करिब तीन वर्षमा आईएमई जनरल इन्स्योरेन्सले १ अर्बभन्दा बढीको बीमा शुल्क आर्जन गरेको छ।