आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगारपालिकाबीच बीमा सम्झौता भएको छ।
सम्झौतापत्रमा आइएमईका तर्फबाट सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालिकाका प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका हुुन्। नगरपालिकाको सम्पूर्ण बीमालगायत नगरवासीको भौतिक सम्पत्ति लगायत किसानका पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउनेछन्।
सो अबसरमा नगरप्रमुख मन्सुरले यसबाट आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक लगानी गरी उत्पादन पढाउन किसानहरुलाई आग्रह गरे। यसबाटसम्पत्तिमा कुनै क्षति भएमा वा कृषिमा कुनै दुर्घटना भएमा किसानले तत्कालै क्षतिपूर्ति पाउनेछन्।