सुनको अभाव भएपछि रुपन्देहीका सुनचाँदी ब्यसायीले बुधबार पसल बन्द गराएका छन्।
तीज नजिकिदै गर्दा बजारमा सुनको माग बढेको भए पनि ब्यवसायीले कच्चा पदार्थको अभाव भएको भन्दै यहाँका सबै पसल बन्द गरेका हुन् । कच्चा पदार्थ पर्याप्त आपूर्ति नहुँदा ब्यवसाय सञ्चालन गर्न गाह्रो भएको रुपन्देही सुनचाँदी ब्यवसायी संघको भनाई छ।
पर्याप्त कच्चा पदार्थ नपाएपछि सरकारको ध्यानर्कषण गराउन बुधबारदेखि शुक्रबारसम्म पसल बन्दको आह्वान गरिएको संघद्धारा जारी पे्रस बिज्ञप्तीमा उल्लेख छ । संघका अध्यक्ष एम.वि विश्वकर्माका अनुसार चाडवाडका बेला रुपन्देहीमा दैनिक ४ किलो सुनको माग हुने गरेको छ। सरकारले सातामा उपलब्ध गराएको ३ किलो सुनले माग धान्न नसकिएको उनले बताए।
यसैबीच,सुनचाँदी ब्यावसायी संघ रुपन्दहीेले बुधबार प्रमुख जिल्ला अधिकारीलाई सहज रुपमा सुनको कच्चा पदार्थ उपलब्ध गराउँनु पर्ने माग सहित ज्ञापनपत्र बुझाएको छ ।