इँटा उद्योगमा काम गर्न आएका भारतीय मजदुरले प्रत्येक वर्ष कम्तीमा तीन अर्ब भारतीय रुपैयाँ लैजाने गरेका छन्।
मुलुकभरका इँटा उद्योगमा करिब एक लाख भारतीय श्रमिकले काम गर्दै आएका छन्। यी मजदुरले भारत फर्किंदा वर्षको कम्तीमा ३० हजार भारु लैजाँदा तीन अर्ब भारतीय रुपैयाँ बाहिरिने गरेको हो।
इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले यो उद्योगमा काम गर्ने श्रमिकले घर फर्कंदा कम्तीमा ३०–३५ हजार भारु लैजाने गरेको जानकारी दिए। हाल इँटा उद्योगमा एक लाख ५० हजार श्रमिक कार्यरत छन्। यसमध्ये स्वदेशी श्रमिकको संख्या ५० हजार जति मात्रै छ। स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै वैदेशिक रोजगारीमा भने दैनिक औसत १२–१५ सय युवा गइरहेका छन्। नागरिक दैनिकमा खबर छ।