जावलाखेलमा १२ औं गोदावरी पुष्प मेला आजदेखि सुरु हुँदैछ। ‘रोपेर फूल गोदावरी, सजाआैँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा ४८ वटा स्टल रहने आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ।
तिहार तथा छठलाई लक्षीत गरी आयोजना हुन लागेको प्रदर्शनीमा ४५ जातका फूल र विरुवाको प्रदर्शनीसहित बिक्री वितरण गरिने एसोसिएसनका महासचिव विश्वमणी पाेखरेलले जानकारी दिए।
ललितपुरको जाउलाखेल फुटबल मैदानमा ४ दिनसम्म चल्ने पुष्प प्रदर्शनीमा ६० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।