एनआईसी एसिया बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ। बैंक संचालक समितिको आइतबार बसेको बैंठकले लगानीकर्तालाई बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो।
बैंकले बोनसमा लाग्ने कर प्रयोजनका लागि शुन्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिनेछ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी दिनमा साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ।
बैंकले चालू आर्थिक बर्षको पहिलो ३ महिनासम्ममा १ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ। सो अबधिमा बैंकको नाफा १ सय ७० प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा छ।