नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश शेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको हो। नबिलले सो आर्थिक वर्षमा चार अर्ब पाँच करोड रुपैयाँ खुद मुनाफा गरेको थियो।
बैंकका अनुसार १०० कित्ता शेयर बराबर २२ कित्ता लाभांश शेयर र प्रति शेयर २२ रुपैयाँका दरले नगद लाभांश दिने भएको हो। बैंकको यही मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो।
यस्तै स्टकमा मंगलबारज मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ। आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बैंकले प्रस्ताव गरेको १८ दशमलव २५ प्रतिशत नगद लाभांश दिने भएको छ। मूल्य समायोजनपछि सो बैंकको प्रतिकित्ता शेयर मूल्य ३४५ कायम हुनेछ। यस्तै औसत आधार मूल्य भने ४९८ रुपैयाँ हुनेछ।
यस्तै विवरण बुझाउन अटेर गरेको भन्दै सोमबार कारोवार रोक लगाइएको नाडेप लघुवित्त वित्तीय संस्थाको कारोवार खुला भएको छ । स्टकले आज सो लघुवित्तको कारोवार खुल्ला गरेको जनाएको छ ।