दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल भिसा पाउने भएका छन्।
कोरियाको न्याय मन्त्रालयका अनुसार मल्टिपल भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान, फिलिपिन्स र भियतनामा रहेका छन्।
डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० बर्षसम्म आवातजावत गर्न पाइने छ।
यसअघि यी मुलुकहरुले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो। कारोवार दैनिकमा खबर छ।