आइएमई पेका सेवाग्राहीले नेपाल बंगलादेश बैंकको खातामा लिंक गरेर आइएमई वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन्।
आइएमई पे र बंगलादेश बैंकबीच भएको सम्झौंता अनुसार बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सकिने भएको हो।
आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यो संझौतापछि बैंकका ग्राहकले आइएमई पेमार्फत रिचार्ज, मनि ट्रान्सफरदेखि अरु युटिलिटी पेमेन्ट गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।