सरकारले गत दशैंमा नैं काठमाडौंमा मेलम्चीको पानी आउने आश्वासन दिएपनि अझै दुई वर्ष पानी नआउने पक्का भएको छ।
आयोजना निर्माणको जिम्मा लिएको मुख्य ठेकेदार कम्पनी सीएमसीको धरौटी रकम उच्च अदालतले रोकिदिएपछि आयोजनाको काम लथालिंग भएको हो।
सर्वाेच्च अदालतले बिहीबार सीएमसीको २ अर्ब ५६ करोड रुपैयाँ बैंक धरौटी जफत गर्न आदेश दिएको थियो।
कम्पनीले रकम खुला गर्नुपर्ने भन्दै सरकारविरुद्ध उच्च अदालतमा मुद्दा हालेको थियो। मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतले सीएमसीको विपक्षमा अन्तरिम आदेश दिएको छ।राजधानी दैनिकमा खबर छ।