आन्तरिक तथा वाह्य पर्यटक प्रवद्धृनगर्ने उदेश्यले विराटनगरमा संचालन भएको 'विराट ट्रेड एक्सपो' शनिवार सम्पन्न भएको छ ।समापन समारोहमा वोल्दै प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा. गोविन्दवहादुर तुम्वाहाङले उद्योग र व्यापार विकास राष्ट्रको समृद्धको आधार भएकाले यस्तो खालको मेलाले मुुलुुकको अर्थिक विकासमा मद्त पुुग्ने बताए ।
उनले समवृद्ध नेपाल शुुखि नेपालीको सरकारको नारालाई सफल वनाउन उधोगी व्यापारीहरुलाई आग्रह समेत गरे । छिमेकी मुलुकका उद्योगी व्यापारीहरुको मेलामा भएको उल्लेखनिय सहभागिताले आत्तरिक तथा वाह्रय पर्यटकलाई भित्राउन मेला सफल भएको बताए ।
पूर्वमन्त्री एवम् संघीय सांसद महेश वस्नेतले विराटनगरलाई प्रदेशको स्थायी राजधानी घोषणामा आफ्नो सक्दो सहयोग गर्ने बताए।उनले विराटनगमा एउटा अन्तर्राष्ट्रिय स्तरको औद्योगीक प्रर्दशनी केन्द्र निर्माणमा संघीय सरकारसंग पहल गर्ने जानकारी दिए ।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाको अध्यक्षतामा भएको उक्त समापन समारोह कार्यक्रममा संघीय सांसद रमेशजंग रायमाझी, संघका महासचिव नविन रिजाल ,मेला समितिका संयोजक अनुपम राठीले मेलाले उद्योग र व्यापारमा ठूलो चलल वढेकोमा खुशी व्यक्त गरे ।
नेपाल, भारत, वंगलादेश र पाकिस्तानका गरी २४० वटा स्टलमा दैनिक उपभोग्य वस्तुदेखि मेशिनरी पार्टपूर्जा, सवारी साधन , मोवाइल र यसका पार्टस्हरु, तयारी पोशाक,कृषिजन्य पदार्थ, हस्तकला वस्तुहरुजस्ता सामानहरु राखिएको थियो ।विराटनगर महानगरपालिकाको शंकरपुरस्थित पुस ६ गदेखि शूरु भएको व्यापार मेलामा १ लाख २५ हजार मानिसले अवलोकन गरे । एक्सपोमा २२ करोडको आर्थिक कारोवार भएको आयोजकले जनाएकाे छ ।