जारमा बिक्री भइरहेका अधिकांश खाद्यवस्तु गुणस्तरहीन भेटिएका छन्।
उत्पादक र बिक्रेताको लापरबाहीका कारण खानेतेल, घिउ, पानी, दूध, मिठाई, चाउचाउ, दालमोठ, पिठो, मसलालगायत खाद्यवस्तु दूषित भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
बजारमा बिक्री भइरहेका १५ प्रतिशत खाद्यवस्तु गुणस्तरहीन रहेको विभागका महानिर्देशक सञ्जिव कुमार कर्णले बताए।
विभागले काठमाडौं, भक्तपुर, बारा, पर्सा, कैलाली, सर्लाही, मकवानपुर, चितवन, बाँकेलगायतका जिल्लामा गरेको अनुगमनबाट बजारमा गुणस्तरहीन खाद्यवस्तु बिक्री भइरहेको फेला पारेको हो।
अनुगमनका क्रममा बाराको मिल्क फुड डेरी प्रोडक्ट, आदर्श आयल इन्डस्ट्रिज, नारायणी आयल रिफाइनरीलगायतका उत्पादक कम्पनीहरुले उत्पादन गरेका तेल तथा घ्युलगायतका खाद्यवस्तुहरु गुणस्तरहीन देखिएको खबर नागरिक दैनिकमा छ।