कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । जसकारण नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पछिल्लो एक वर्षमा सबैभन्दा कम मूल्य निर्धारण गरी भारतमा पेट्रोल, डिजेल बिक्री गरिरहेको छ ।
आइओसीले सोमबार पेट्रोलमा २८ पैसा र डिजेलमा २३ पैसा मूल्य घटाएर दिल्लीमा प्रतिलिटर पेट्रोल ६८.८६ भारु र डिजेल ६२.८६ भारु निर्धारण गरेको छ । यो सन् २०१८ को सबैभन्दा कम मूल्य हो । भारतमा मूल्य घटेसँगै अब नेपाल र भारतको इन्धन मूल्य पनि बराबरी भएको छ ।
यसअघि भारतीय बजारमा इन्धनको भाउ सस्तो हुँदा तराईका सीमावर्ती क्षेत्रमा रहेको पेट्रोलपम्पबाट इन्धन तस्करी हुने र भारतीय गाडि नेपालतर्फ आएर तेल भरेर जाने गरेका थिए । दुवै देशको मूल्य करिब समान भएपछि अब तस्करीको समस्या हट्नेछ ।
भारतमा इन्धनको मूल्य घटेसँगै नेपालमा पनि २ देखि ३ रुपैयाँ मूल्य घट्न सक्ने आकलन गरिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।