राष्ट्रिय बाणिज्य बैंकले मिस नेपाल श्रृंखला खतिवडालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ।
बैंकले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो व्यवसाय प्रवद्र्धनका लागि मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो। राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बीच भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका थिए।
पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक अन्य वाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्धा गर्दै अघि बढिरहेको जानकारी दिए। उनले आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको जानकारी दिए।
ब्राण्ड एम्बेसडर नियुक्त भएपछि मिस नेपाल–२०१८ की जिेता श्रृंखला खतिवडाले वाणिज्य बैंकहरुमा मिस नेपालको भूमिकामा पहिलो पटक ब्राण्ड एम्बेसडर नियुक्त भएकोमा खुसी व्यक्त गरिन्।