नेपाल आयल निगमले इन्धनकाे मूल्य फेरि घटाएकाे छ। बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो। निगमले हवाइ र एलपी ग्यासकाे मूल्य भने समायाेजन गरेकाे छैन ।
घटेकाे मूल्य अनुसार अब अब पेट्रोलकाे प्रतिलिटर १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ पर्छ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको कमिका कारण मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ।
आयल निगमले पछिल्लो डेढ महिनामा दुई पटक मूल्य घटाइरहको छ ।