नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा आइएमई लिमिटेडका सुमन पोखरेल निर्वाचित भएका छन्।
राजधानीमा सम्पन्न १३औं साधारण सभाले पोखरेलको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो।
समितिको निर्वतमान अध्यक्षमा हुलास रेमिटेन्स प्रा.लिका दिवाकर थापा, उपाध्यक्ष सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डन, महासचिब नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल, कोषाध्यक्षमा सुर्य रेमिट प्रा.लिका संजय सिग्देल तथा सचिबमा आइपे रेमिट प्रा.लिका इन्द्र शर्मा निर्बाचित भएका छन्।
यस्तै सदस्यमा हिमालयन बैंक लिमिटेडका युमा श्रेष्ठ, युनाइटेड रेमिट प्रा.लिका प्रविन अधिकारी र इजीलिंक प्रा.लिका दीपेन्द्र खनाल छन्।
अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाएका छन्।