नेपाली सेनाले चारवटा महँगा हेलिकोप्टर खरिद प्रक्रिया अगाडि बढाएकाे छ। सेनाको दीर्घकालीन हवाई योजनाअन्तर्गत खरिद गर्न लागिएका हेलिकोप्टर भिभिआइपीका लागि प्रयोग गरिने छ।
सन् २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने योजनाअनुसार हाल एउटा हेलिकोप्टर अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको र छिट्टै नै कम्पनीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। हेलिकोप्टरको खरिद मूल्य डेढ अर्बभन्दा बढी रहेको जनाइएको छ।
चारवटै हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख, प्रधानमन्त्री र विशिष्टहरुको उडानमा प्रयोग हुनेछन्। नागरिक दैनिकमा खबर छ।